काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३० गतेदेखि हकप्रद सेयर निष्कासन गने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले १ कित्ता सेयर बराबर ०.२७ कित्ताको अनुपातमा हकप्रद निष्कासन गर्नेछ। यस अनुसार कुल १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गरिनेछ।
यस प्रयोजनका लागि कम्पनीले वैशाख ५ गते बुक क्लोज गरेको छ। त्यसैले बैशाख ४ गतेसम्म सेयर किन्ने सयरधनीहरुले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ १९ गते तोकिएको छ।
हकप्रद निष्कासनका लागि केयर रेटिङ्स नेपालले ऋब्च्भ्(ल्ए द्यद्यद्य ९त्चष्उभि द्य क्ष्ककगभच च्बतष्लन० प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसतस्तरमा सुरक्षित रहेको संकेत गर्दछ।
सेयर बिक्री प्रबन्धकको जिम्मा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड लाई दिइएको छ। आवेदन बैंक तथा वित्तीय संस्थाहरुको सि–आस्वा प्रणाली, बिक्री प्रबन्धकको कार्यालय, तथा सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रीय कार्यालयहरुमार्फत दिन सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्कासनपछि यो रकम ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया