नेप्सेमा थपियो साढे ४ लाख बढी कित्ता सेयर

शनिबार, १३ बैशाख २०८२, १२ : ११

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साढे ४ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कुल ४ लाख ६२ हजार ४७१.९३ कित्ता बोनस शेयर थपिएको हो। जसमा मिथिला लघुवित्तको २ लाख ७९ हजार ३०३.९३ कित्ता शेयर र श्री इन्भेस्टमेन्टको १ लाख ८३ हजार १६८ कित्ता सेयर रहेको छ।

यी दुवै कम्पनीले अघिल्लो आर्थिक वर्षमा सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको छ। अघिल्लो आर्थिक वर्षमा मिथिला लघुवित्तले १४.२५ प्रतिशत र श्री इन्भेस्टमेन्टले १.८७ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

शनिबार, १३ बैशाख २०८२, १२ : ११

प्रतिक्रिया