सुदीप न्यौपाने हत्याको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

शनिबार, १३ बैशाख २०८२, १२ : १५

काठमाडौं- भारत काश्मीरको पाहलगममा भएको आतंककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरिएको छ ।

आतंकवादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । सो घटनाको विरोधमा नेपाल नागरिक अभियानले आतङ्कवादविरुद्ध ऐक्यबद्धता जनाउँदै पाकिस्तानी दूतावास अघि प्रदर्शन गरेको हो । 

घटनालगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले हिन्दु समुदायविरुद्ध दिएको अभिव्यक्ति समेत आपत्तिजनक रहेको भन्दै विरोध प्रदर्शन भएको हो । 

शनिबार, १३ बैशाख २०८२, १२ : १५

प्रतिक्रिया