रातो मच्छिन्द्रनाथ रथारोहणका लागि तीव्र तयारी हुँदै

शनिबार, १३ बैशाख २०८२, १२ : ४७

काठमाडौं- रातो मच्छिन्द्रनाथ जात्राको तयारी अन्तर्गत पानेजूहरू अहिले तबहाल मच्छिन्द्रनाथ मन्दिरमा रातो मच्छिन्द्रनाथ जात्रा रथारोहणका लागि देवताको मूर्ति तयारी गरिरहेका छन्।

वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको यो जात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा अति महत्वपूर्ण चाड हो ।

रातो मच्छिन्द्रनाथ जात्रा वैशाख १५ गतेबाट सुरु भई करिब एक महिनासम्म विभिन्न टोल हुँदै सम्पन्न हुन्छ।

शनिबार, १३ बैशाख २०८२, १२ : ४७

प्रतिक्रिया