पाकिस्तान दूतावास अगाडि राप्रपाको पनि प्रदर्शन

शनिबार, १३ बैशाख २०८२, १३ : १४

काठमाडौं- भारत स्थित काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा  नेपाली युवा सुदीप न्यौपानेको हत्या भएको विरोधमा राप्रपाले पनि प्रदर्शन गरेको छ । 

आतंकवादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । सो घटनाको विरोधमा राप्रपाले आतङ्कवादविरुद्ध ऐक्यबद्धता जनाउँदै पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको हो । 

घटनालगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले हिन्दु समुदायविरुद्ध दिएको अभिव्यक्तिको समेत सो पार्टीले विरोध गरेको छ । 

शनिबार, १३ बैशाख २०८२, १३ : १४

प्रतिक्रिया