अमेरिकाको टेक्सस राज्यमा दादुरा रोगको प्रकोप

शनिबार, १३ बैशाख २०८२, १३ : २६

काठमाडौं- अमेरिकाको टेक्सस राज्यमा दादुरा रोगका ६ सय ४६ बिरामी देखा परेका छन् । राज्यमा शुक्रबारसम्म दादुरा रोगका ६ सय ४६ जना बिरामी देखा परेको टेक्सस राज्यको स्वास्थ्य विभागले जनाएको छ ।

रोयटर्सका अनुसार तीन दिनको अवधिमा थप २२ जनामा दादुरा रोग पुष्टि भएको छ । यस घटनालाई अमेरिकी इतिहासकै सबैभन्दा खराममध्येको एक प्रकोप मानिएको छ ।

यस वर्ष दादुराका कारण अमेरिकामा तीन जनाले ज्यान गुमाइसकेका छन् । २५ वर्षअघि मुलुकमा दादुरा उन्मूलनको घोषणा गरिएको थियो ।

पछिल्लो प्रकोपलाई नियन्त्रणमा लिन नसकिएमा यसले ठूलो चुनौती निम्त्याउने विज्ञहरुले चेतावनी दिएका छन् । अमेरिकाको रोग रोगथाम तथा नियन्त्रण केन्द्रका अनुसार दादुरा देखिएका ९७ प्रतिशतले यसविरुद्ध खोप लगाएका थिएनन् । -एजेन्सी

शनिबार, १३ बैशाख २०८२, १३ : २६

प्रतिक्रिया