काठमाडौं- माछापुच्छ्रे बैंकले कुवेत स्थित अल मुजैनी एक्सचेन्जसँग सम्झौता गरेको छ ।
माछापुच्छ्रे बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका अल मुजैनी एक्सचेन्जसंग सहकार्य गरेको जनाएको छ । सम्झौता लगत्तै रेमिटेन्स सेवा शुरुवात समेत भइसकेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र मुजैनि एक्चेन्ज का महाप्रवन्धक ह्यु फर्नान्डिस ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रमा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनीक गरेको छ । बैंकका पूर्व सञ्चालक हरिभक्त सिग्देलले रचना गरेको कभर गीत बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन के।सी एंव कुवेत स्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत सुजनी राणाले संयुक्तरुपमा सार्वजनीक गरे ।
बैंकले कुवेतमा उक्त सेवा सुरुवात गरे पश्चात अव कुवेतमा रहेका नेपालीहरुले कुवेत स्थित अल मुजैनी एक्सचेन्जका १४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ । साथै बैंकले अल मुजैनी एक्सचेन्जबाट पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ ।
बैंक पुर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १७ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।
प्रतिक्रिया