सूर्यज्योति लाइफले मनायो १७औं वार्षिकोत्सव, लामो समयदेखि कम्पनीमा आवद्ध कर्मचारी सम्मानित

शनिबार, १३ बैशाख २०८२, १५ : ११

काठमाडौं- सूर्यज्योति लाइफ इन्स्योरेन्सले १७औं वार्षिकोत्सव कार्यक्रम गरी मनाएको छ । कम्पनीले वार्षिकोत्सव समारोहमा १५ वर्षभन्दा बढी अवधि सेवा गर्ने २१ जना कर्मचारी सम्मान गरेको छ ।

वार्षिकोत्सव समारोहमा कम्पनीका अध्यक्ष, सञ्चालकहरू, निवर्तमान सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनलगायत विभागीय प्रमुखहरू र कर्मचारीहरूको उपस्थिति थियो । 

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कम्पनीको बलियो वित्तीय अवस्था, विश्वसनीयता र  हासिल गरेका सूचकांकहरूको उन्नति र उत्कृष्टताका लागि आभार प्रकट गर्दै सदैव कम्पनीले अवलम्वन गरेका नविनतम प्रविधि, समय सापेक्ष ग्राहकमैत्री सेवाहरूप्रति प्रतिबद्ध रहने बताए । उनले आगामी दिनहरूमा पनि कम्पनीको गरिमा र साख वृद्धि गर्दै अझ बृहत र अझ विशाल बनाउने यात्रामा निरन्तर अघि बढ्ने प्रण गरे । कर्मचारीहरूको हकहित, सीप तथा व्यक्तित्व विकास नै कम्पनीको प्रमुख प्राथमिकतामा रहेको र सूर्यज्योतिमा कर्मचारीहरूले एउटा पारिवारिक वातावरणको अनुभव गर्न पाउने उनको भनाइ थियो । 

साथै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू, नवीनतम सेवामा विस्तार गर्ने, कम्पनीको  सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए । कम्पनीले यो आर्थिक वर्ष २०८१र८२ अन्त्य सम्ममा हालसम्मकै उत्कृष्ट व्यवसाय गरी इतिहास रच्ने लक्ष्य लिएको खत्रीले प्रस्ट पारे । 

साथै, उक्त अवसरमा कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले भने, ‘उपलब्धिमूलक यस यात्रामा हामीलाई विश्वास गरी अटुट सम्बन्ध राख्ने आदरणीय ग्राहकवर्ग, अविरल साथ दिनुहुने आदरणीय अभिकर्ताहरू, अहोरात्र खट्नुहुने कर्मचारीहरू, निरन्तर विश्वास गरि हातेमालो गर्नुहुने शेयरधनी महानुभावहरू, सदैव मार्गनिर्देश गर्नुहुने नियमनकारी निकायहरू, व्यवसायिक साझेदारहरूलगायत सम्पूर्ण सरोकारवालाहरूमा यहाँहरूले दिनु भएको  साथ र योगदानका लागि कृतज्ञताका साथ धन्यवाद ज्ञापन व्यक्त गर्दछु ।’

सञ्चालक समिति सदैव संस्थागत सुशासन,स्वच्छ व्यवस्थापन कार्यशैली र नीतिनियमको परिधिभित्र रही अघि बढेकोमा आगामी दिनहरूमा झन् बलियो रुपमा यसको अवलम्बन गर्नेमा ढुक्क रहेको सञ्चालक समिति सदैव संस्थागत सुशासन,स्वच्छ व्यवस्थापन कार्यशैली र नीतिनियमको परिधि भित्र रही अघि बढेकोमा आगामी दिनहरूमा झन् बलियो रुपमा यसको अवलम्बन गर्नेमा ढुक्क रहेको साथै कर्मचारीहरूको वृत्ति विकासका लागि पनि प्रतिबद्ध रहेको अध्यक्ष भट्टराईले बताए ।

कम्पनीले नविनतम प्रविधिमा जोड दिदै तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कदै भर्खरै जीवन बीमा क्षेत्रमा नेपालकै पहिलो अनलाइनमार्फत सजिलै लोन लिन सकिने सूर्यज्योति ई–कर्जा र आफ्ना बीमित तथा अभिकर्ताहरूको हितलाई मध्यनजर गर्दै सूर्यज्योति केयर्स डिजिटल कार्डको सेवा सुभारम्भ गरिसकेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चु्क्ता पुँजी रु ५०१ करोड, कुल लगानी रु ४,४०० करोड, जीवन बीमा कोष रु ३,९४० करोड, नेटवर्थ रु ६३० करोड, जारी बीमालेख संख्या ३२ लाख ७५ हजार ४७९, प्रशिक्षित अभिकर्ता संख्या १ लाख २ हजार २ सय ४० रहेको छ भने देशभर रहेका १७४ शाखा सञ्जालद्वारा सेवा प्रदान गरिरहेकोछ । बीमा क्षेत्रमै सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध रु ५० लाखसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एक मात्र पहिलो कम्पनी बन्न पनि सफल भएको छ ।

शनिबार, १३ बैशाख २०८२, १५ : ११

प्रतिक्रिया