काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा मा वृद्धि भएको छ । तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा ३१ प्रतिशत बढेको हो ।
तेस्रो त्रैमासिकसम्म कम्पनीको खुद नाफा २९ करोड ५७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो नाफा २२ करोड ४२ लाख रुपैयाँ थियो । खुद प्रिमियम आम्दानीसहित कुल आम्दानी बढेपछि नाफामा टेवा पुगेको छ। खुद प्रिमियम आम्दानी पहिले ६ अर्ब ३७ करोड रहेकोमा अहिले ७ अर्ब ५१ करोड पुगेको छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि बढेर ६ रुपैयाँ ५८ पैसाबाट अहिले ७ रुपैयाँ ८७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४१ पैसा छ ।
प्रतिक्रिया