आज यी राशिका लागि रचनात्मक काममा जुट्ने समय, अरुको दिन कस्तो ?

आइतबार, १४ बैशाख २०८२, ०७ : १०

काठमाडौं- वि.सं.२०८२ साल वैशाख १४ गते । आइतबार । इस्वी सन् २०२५ अप्रिल २७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४७ । वैशाख कृष्णपक्ष । तिथि–औशी, ४९ घडी ४५ पला, रातको १ बजेर २८ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–अश्विनी, ४९ घडी २० पला, रातको १ बजेर १४ मिनेट उप्रान्त भरुणी । योग– प्रिती, ४८ घडी ५१ पला, रातको १ बजेर २ मिनेट उप्रान्त आयुष्मान् । करण–चतुष्पद, दिउसो २ बजेर ४१ मिनेट उप्रान्त नाग, रातको १ बजेर २८ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–मेष । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी ४१ पला ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पङ्क्तिमा आउन सकिनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बैक तथा वित्तीय क्षेत्रको शेयरबाट आम्दानी गर्न सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन् । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । र पनि कामको सिलसिलामा लामो दूरीको यात्रा हुने योग रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरूका लागि आजको दिन फलदायी रहनेछ । आमा वा आफन्तका साथ मिष्टान्न भोजनको अवसर प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

विशिष्ट व्यक्तिहरूको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईँलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरू समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ । आमा, आफन्त तथा परिवारका साथ खानपान तथा मनोरञ्जनमा समय व्यतीत गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ । प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयको सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईँको निम्न स्तरको सहभागिता रहनेछ । तर पनि आमा वा आफन्तसँग भेट भई मिष्टान्न भोजन ग्रहण गर्न पाउँदा मन प्रसन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ । आफन्त, आमा तथा दिदी बहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कर्म प्राप्तिको निमित्त लामो दूरीको यात्राको तय हुनेछ । राशि स्वामी बुधको शुभ प्रभावले लेखन तथा साहित्यमा बाकी रहेको कामहरू फत्ते गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

तार्किक क्षमता वृद्धि भएर जानेछ भने वाणीमा थप निखार आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरूभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ । आमा तथा आफन्तको सँगको भेटघाटले मन प्रफुल्लित हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

कुनै पनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्त तथा आमासँगको भेटघाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) 

सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईँको आलोचना गर्नेहरू बढ्ने ग्रहयोग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । र, पनि आमा तथा आफन्तसँगको भेटमा मिष्टान्न भोजन ग्रहण गर्दै मनोरञ्जन गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्दै समय व्यतीत गर्न सकिनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साथीभाइको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेष गरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन् । विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकाङ्क्षा तथा इच्छाहरू पुरा गर्न सकिनेछ । मध्यान्ह पछि आमासँगको भेटले मन प्रफुल्ल हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

कामको सवालमा आफ्नै मानिससँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने प्रतिस्पर्धामा अरूभन्दा पछि परिने चिन्ताले सताइरहनेछ । प्रशस्त समय लगानी गरे पनि समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । तर पनि आमा वा आफन्तसँग भेट हुने तथा रमाइलो गर्दै समय व्यतीत गर्न सकिनेछ । छोटो दूरीको यात्राको योग रहेको छ ।

आइतबार, १४ बैशाख २०८२, ०७ : १०

प्रतिक्रिया