दोर्दी खोला जलविद्युतको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

आइतबार, १४ बैशाख २०८२, १० : ०३

काठमाडौं- दोर्दी खोला जलविद्युतको हकप्रद सेयरमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ।

यसअघि कम्पनीले वैशाख ८ गतेसम्म आवेदन दिने व्यवस्था गरेमा हकप्रद सेयर भर्न छुटेका सेयरधनीहरुलाई आजसम्मका लागि म्याद थप गरेको थियो । सेयरधनीहरुले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्तापुँजीको सतप्रतिशत अर्थात १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो। यसअनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, वीरगन्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसैगरी नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन्।

आइतबार, १४ बैशाख २०८२, १० : ०३

प्रतिक्रिया