कामना सेवा बैंकको साढे २ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा

आइतबार, १४ बैशाख २०८२, १० : ०८

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडको २ लाख ६० हजार कित्ता सेयर बिक्रीका लागि राखिएको छ। बैंकले संस्थापक समूहको उक्त सेयर बिक्रीमा राखेको हो।

यो सेयर खरिदका लागि हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

तोकिएको अवधिभित्र सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

आइतबार, १४ बैशाख २०८२, १० : ०८

प्रतिक्रिया