काठमाडौं- नेपाल राष्ट्र बैंकले आज ७० औं वार्षिकोत्सव मनाउँदै छ । २०१३ साल वैशाख १४ गते स्थापना भएको राष्ट्र बैंक ६९ वर्ष पूरा गरी आजदेखि ७० वर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवको अवसरमा राष्ट्र बैंकले विशेष कार्यक्रम गरी मनाउँदैछ ।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत २३ गतेदेखि सकिएसँगै अहिले राष्ट्र बैंक अन्तरिम नेतृत्वको भरमा चलिरहेको छ । यसपटकको वार्षिकोत्सवमा राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा छ ।
राष्ट्र बैंकले नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउन लागेको यो दोस्रोपटक हो । ७० वर्षको इतिहासमा पछिल्लोपटक ५२ वर्षअघि राष्ट्र बैंकले नेतृत्वविना नै वार्षिकोत्सव मनाएको थियो । २०३० सालमा वार्षिकोत्सव मनाउँदा राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा थियो । गभर्नर डा.यादव पन्तको कार्यकाल सकिएपछि त्यतिवेला ११ दिनका लागि नेतृत्व खाली भएको थियो ।
अहिले सरकारले राष्ट्र बैंकको नेतृत्व छनोट गर्न नसक्दा नेतृत्वविहीनतामै आधार दशकभन्दा लामो समयपछि नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउनुपर्ने अवस्था सिर्जना भएको हो ।
राष्ट्र बैंक नेतृत्वहीन भएको तीन साता भएको छ । गभर्नर छनोटका लागि सिफारिस समिति गठन भए पनि अहिलेसम्म बैठक बस्न सकेको छैन । यो अवस्थामा राष्ट्र बैंकले नयाँ नेतृत्व पाउन अझै कति कुर्नुपर्ने हो निश्चित छैन ।
प्रतिक्रिया