काठमाडौं महानगरमा आज शोक बिदा, सरकारी कार्यालय बन्द हुने

आइतबार, १४ बैशाख २०८२, १० : २१

काठमाडौं- काठमाडौं महानगरपालिकाले आज आइतबार पञ्चायतकालका पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधनमा शोक बिदा दिएको छ।

शनिबार प्रशासन विभागले सूचना जारी गर्दै आइतबार शोक बिदा दिने निर्णय गरेको जनाएको हो। 

डंगोलको ७७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको थियो। उनको निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ ।

आइतबार, १४ बैशाख २०८२, १० : २१

प्रतिक्रिया