काठमाडौं- एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा साविक विजेता ललितपुर सिटी एफसी च्याम्पियन बनेको छ ।
उपाधिका लागि ललितपुर सिटी एफसी र पोखरा थण्डर्सबीच पतिस्पर्धा भएको थियो । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
लिग चरणदेखि अपराजित रहँदै आएको ललितपुरले पहिलो हाफमा इमोह इजेकेलको गोलमार्फत अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराका सुदील राईले बराबरी गोल फर्काए पनि ७४औं मिनेटमा पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई पुनः अग्रता दिलाए सोही गोल नै उपाधिका लागि निर्णयक गोल बन्यो ।
उपाधिसँगै ललितपुरले ८० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता पोखराले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
प्रतिक्रिया