मातातीर्थ औंसीमा मध्यपुर थिमि सहकारीका आमाहरूलाई सम्मान

आइतबार, १४ बैशाख २०८२, १० : ४४

काठमाडौं - भक्तपुरको मध्यपुर थिमि सहकारीले समाजप्रति उत्तरदायित्व कार्यक्रम अन्तर्गत मातातीर्थ औंसीको अवसरमा आमाहरूको संयुक्त मुख हेर्ने कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थामा आबद्ध रहेका ६० वर्ष  पुगेका आमाहरूलाई पूर्वीय संस्कार अनुसार टिका लगाइदिएर उपहार दिएर सम्मान गरेको हो । जीवित भगवान रुपी आमाहरूको सम्मान, सभ्य समाजको पहिचान नारा दिएर संस्थाले ५७ जना आमाहरूलाई संयुक्त रूपमा सम्मान गरेको संस्थाका सचिव अनिल श्रेष्ठले जानकारी दिएका छन् । 

कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले सबै सहकारीलाई एउटै नजरले हेर्न नहुने बताए। उनले ज्येष्ठ नागरिक आमाहरूलाई वित्तीय संस्थाहरूमा हालै देखिएको विचलनहरूप्रति सचेत रहन आग्रह गरे । वडाध्यक्ष श्रेष्ठले सामाजिक कार्य गर्दै आएको, वार्षिक साधारण गरेको, आफ्ना सदस्यहरूप्रति जवाफदेही रहेको, सहकारी नीति बमोजिम सञ्चालनमा रहेको र स्थानीय बासिन्दाले सञ्चालन गरेको संस्थामा तुलनात्मक रूपमा कम समस्याहरू देखिएको बताए । सीमित गलत सहकारी संस्थाहरूको कारणले गर्दा सम्पूर्ण सहकारी अभियान नकारात्मक रूपमा प्रभावित भइरहेको उनको भनाइ थियो । 

करिब ३० हजारको संख्यामा रहेका नेपालका सहकारी संस्थाहरू केही गलत नियतले सञ्चालन भएका सहकारीहरूबाट प्रभावित हुनुपरेको तीतो यथार्थ रहेको विषयमा कार्यक्रममा चर्चा गरिएको थियो । 

आइतबार, १४ बैशाख २०८२, १० : ४४

प्रतिक्रिया