सेन्ट्रल फाइनान्सले बोलायो २८औं वार्षिक साधारणसभा

आइतबार, १४ बैशाख २०८२, १० : ५९

काठमाडौं- सेन्ट्रल फाइनान्स लिमिटेडले २८औं वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले आगामी जेठ ४ गतेका लागि साधारणसभा बोलाएको हो । वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।साधारणसभा ललितपुर, कुपण्डोलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेकोले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेस गर्ने छैन । 

सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण र नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृत गरिनेछ। साथै चालु आर्थिक वर्ष २०८१र८२ का लागि नयाँ लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गरिनेछ।

कम्पनीले वैशाख २२ गते बुक क्लोज गर्ने हुँदा २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।
 

आइतबार, १४ बैशाख २०८२, १० : ५९

प्रतिक्रिया