काठमाडौं- तीनकुनेको प्रदर्शनमा नेतृत्व गरेका दुर्गा प्रसाईं र रविन्द्र मिश्रको आज म्याद थप गरिँदैछ । उनीहरुसहित राज्यविरुद्धको अपराधमा अनुसन्धान भइरहेकाहरुको म्याद थप गर्न लागिएको हो ।
पछिल्लो पटक अदालतले दिएको ३ दिन पुरा भएसँगै आइतबार म्याद थप गर्न आरोपीहरुलाई अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।
वैशाख ११ मा दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहितका २४ जनालाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । त्यसअघि उनीहरुलाई अदालतले १५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
प्रतिक्रिया