इरानी बन्दरगाहमा भएको शक्तिशाली विस्फोटमा १४ जनाको मृत्यु

आइतबार, १४ बैशाख २०८२, १३ : २०

काठमाडौं– इरानको प्रमुख बन्दरगाहमध्ये एक शाहिद राजाईमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा १४ जनाको ज्यान गएको छ । विस्फोटमा परी ७ सय ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

शनिबार दक्षिणी शहर बन्दर अब्बास नजिकै रहेको ठूलो व्यावसायिक बन्दरगाह शाहिद राजाईमा विस्फोट भएको थियो । विस्फोटबाट नजिकै रहेका भवनहरूको झ्याल र छाना तथा केही सङ्ख्यामा गाडीहरू क्षति भएका छन् ।

विस्फोटको कारण खुलिसकेको छैन । बन्दरगाहको रासायनिक भण्डारणस्थलमा लागेको आगोबाट घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको इरानी सुरक्षा टोलीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

सुरक्षात्मक दृष्टिले बन्दरगाह क्षेत्र खाली गराइएको छ । राष्ट्रपति मसउद पेसेश्कियानले घटनाको गम्भीर छानबिन गर्न निर्देशन दिए।

 
आइतबार, १४ बैशाख २०८२, १३ : २०

प्रतिक्रिया