नेप्सेमा ३.५८ अंकको वृद्धि, कुन कम्पनीको कति भयो कारोबार ?

आइतबार, १४ बैशाख २०८२, १५ : ३०

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३.५८ अंकले बढेको छ । यससँगै परिसूचक २६६१.६ को विन्दुमा कायम भएको छ । 

यस दिन ३१४ कम्पनीको २ करोड ८४ लाख ३८ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

बजारमा सुधार आउँदा सात उपसूचक हरियाली भएको छ । आइतबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ७.६५ प्रतिशतका दरले कमाएका छन् । सािनिमा माई हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका हुन् ।

Capture.JPG11-6

यस दिन ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८६ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ५६ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युतको ५६ करोड माथिको सेयर कारोबार भएको छ ।

आइतबार, १४ बैशाख २०८२, १५ : ३०

प्रतिक्रिया