काठमाडौं– हुन्डाईको लोकप्रिय एसयुभी क्रेटा नेपालमै एसेम्बल हुन थालेको छ । नेपाली सडकमा १० हजारभन्दा बढि संख्यामा गुडिरहेको क्रेटा नेपालमै एसेम्बल हुन थालेपछि यसको मूल्य समेत ९ लाख रुपैयाँसम्मले कम भएको छ ।
हुन्डाई क्रेटा नेपाली बजारमा कुल पाँच भेरिएन्टमा उपलब्ध रहँदै आएको छ । जसमध्ये, सबैभन्दा सस्तो भेरिएन्ट ई एमटी हो । भारतबाट आयत हुने यस भेरिएन्टलाई आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ५७ लाख ९६ हजार रुपैयाँमा बिक्री गर्दै आएकोमा नेपालमै एसेम्वल भएपछि यसको मूल्य ४ लाख घटेर ५३ लाख ९६ हजारमा झरेको छ ।
क्रेटाको अर्को भेरिएन्ट एस(ओ) एमटी भेरिएन्टमा ६ लाख रुपैयाँले कमि आएको छ । यसअघि ६९ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको यो भेरिएन्टको मूल्य हाल ६३ लाख ९६ हजार निर्धारण गरिएको छ ।
त्यसैगरी, अर्को भेरिएन्ट एसएक्स एमटीमा ७ लाख रुपैयाँ कम गरिएको छ । यसअघि ७३ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको यो भेरिएन्टको मूल्य हाल ६६ लाख ९६ हजार तोकिएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा एस(ओ) सिभिटी भेरिएन्टमा ८ लाख तथा एसएक्स(ओ) सिभिटी भेरिएन्टमा ९ लाख रुपैयाँ मूल्य कम गरेको छ । यसअघि ७५ लाख ९६ हजार र ८७ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएका यी भेरिएन्टको नयाँ मूल्य क्रमशः ६७ लाख ९६ हजार र ७८ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतिक्रिया