काठमाडौं— नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना क्रिकेट खेलाडीहरूलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ।
कम्पनीले हालै १० लाख घर परिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यो घोषणा गरेको हो।
नयाँ ब्रान्ड एम्बेसडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी रहेका छन्। यी खेलाडीहरूले वर्ल्डलिंकको डिजिटल सशक्तिकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामासँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
सम्झौता कार्यक्रम २५ अप्रिल २०२५ मा वर्ल्डलिंकको प्रधान कार्यालय, जावलाखेलमा एक भव्य समारोहबीच सम्पन्न भयो। सम्झौतामा वर्ल्डलिंकको तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका थिए।
नेपालमा पहिलो पटक एउटै कम्पनीले एकैसाथ ६ जना ब्रान्ड एम्बेसडरहरू अनुबन्धन गर्ने ऐतिहासिक कार्य वर्ल्डलिंकले गरेको छ, जसले कम्पनीको खेलप्रतिको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धता स्पष्ट रूपमा देखाउँछ।
समारोहमा सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक मनोज अग्रवालले भने, ‘यो हाम्रो लागि मात्र नभई सम्पूर्ण नेपालको लागि गर्वको कुरा हो। हामी खेलाडीहरूलाई समर्थन गर्दै डिजिटल नेपालको यात्रामासँगै अघि बढ्न पाउँदा अत्यन्तै उत्साहित छौं।’
प्रतिक्रिया