काठमाडौं–ओखलढुंगामा चट्याङ लागेर पछिल्लो ६ वर्षमा १२ जनाको मृत्यु भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तथ्यांक अनुसार चट्याङ लागेर ६ वर्षको अवधिमा १२ जनाको मृत्यु भएको हो ।
आर्थिक वर्ष २०७६÷७७ देखि २०८१÷८२ सम्मको तथ्याङ्कअनुसार चट्याङ लागेर १२ जना मृत्यु र २४ जना घाइते भएका छन् । यो अवधिमा लाखौँको क्षति भएको तथ्याङ्क छ । पछिल्लो दुई वर्षमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चट्याङ लागेर तीन जना घाइते भएका छन् । गत आर्थिक वर्ष २०८०÷८१ मा ६ स्थानमा चट्याङ पर्दा दुई जनाको मृत्यु र सात जना घाइते भएका थिए ।
प्रतिक्रिया