पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता

सोमबार, १५ बैशाख २०८२, १५ : १८

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा.बाबुराम भट्टराई र भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता भएको छ ।

भारतीय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका सिंहसँग सोमबार भारतीय रक्षा मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको डा. भट्टराईको सचिवालयले सामाजिक सञ्जालमार्फत जनाएको छ ।

डा.भट्टराई प्रगतिशील नेपाली समाज समिति भारतको अधिवेशन उद्घाटन समारोहमा अतिथिको रूपमा सहभागी हुन शनिबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

 
 
सोमबार, १५ बैशाख २०८२, १५ : १८

प्रतिक्रिया