आईपीओ निष्काशन गर्ने अन्तिम तयारी सालपा विकास बैंक

सोमबार, १५ बैशाख २०८२, १६ : ३५

काठमाडौं–सालपा विकास बैंकले केही सयमपछि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । यसअघि सालपा विकास बैंक लिमिटेडले आईपीओ निष्कासनको मुख्य प्रस्ताव सहित गतवर्ष फागुनमा तेह्रौं वार्षिक साधारणसभा आह्वान गरेको थियो । सभामा आईपीओ निष्कासनका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरिएको थियो । 

साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि बैठकको कार्यसूचीमा समावेश गरिएको थियो। आर्थिक वर्ष २०८१÷०८२ भित्र आईपीओ निष्काशन गर्ने अन्तिम तयारीमा जुटेको सालपा विकास बैंकले जनाएको छ । 
 

 
 
 
सोमबार, १५ बैशाख २०८२, १६ : ३५

प्रतिक्रिया