नेपाली सडकमा दौडने तयारीमा फोटोनको ‘टुनल्याण्ड जी–सेभेन’

सोमबार, १५ बैशाख २०८२, १७ : ०४

काठमाडौं– सन् २०२१ मा बुम भएको पीकअप बजार बिस्तारै सुस्त बन्यो । अहिले फेरी पीकअप खोज्नेहरु बिस्तारै बढ्दै गएका छन् ।

टुनल्याण्ड पीकअप ल्याएर सन् २०२१ बाटै बिक्री थालेको एमएडब्लू वृद्धिले फेरी यसको अपग्रेड मोडल ‘टुनल्याण्ड जी–सेभेन’ नेपाल ल्याउने भएको हो । नयाँ जी–सेभेन पीकअपको लम्बाइ ५३४० एमएम, चौडाइ १९४० एमएम र उचाइ १८७० एमएम छ । यसमा ३११० एमएम लामो ह्वीलबेस रहेको छ ।

फोटोनले यसमा १.५ लिटर क्षमताको टर्बो इन्जिन दिएको छ । सानो तर पावरफुल इन्जिन भएकै कारण यसको माइलेज उत्कृष्ट रहने कम्पनीको दावी छ । कम्पनीका अनुसार यसमा १०० किलोमिटर यात्रा गर्न केबल ७.५ लिटर पेट्रोल भए पुग्छ ।

फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध टुनल्याण्ड जी(सेभेन ४ फरक ड्राइभिङ मोड पाउन सकिन्छ । जसमा टु ह्वील, अटो, फोर ह्वील र फोर एल मोड दिइएको छ । यसमा रहेको इन्जिनले १६१ पीएस पावर र ३९० न्यूटन मिटर टर्क प्रदान गर्छ ।

यसमा जेडएफ ८ स्पीड अटोमेटीक गियरबक्स दिइएको छ । साथै, परम्परागत ६ स्पीड अटोमेटीक गियरबक्समा पनि यसलाई चलाउन सकिन्छ । यसमा थप १०० एनएम टर्क बढी पाउन सकिने कम्पनीको दावी छ ।

 
सोमबार, १५ बैशाख २०८२, १७ : ०४

प्रतिक्रिया