काठमाडौं– बजाज मोटरसाइकलको ‘ग्राण्ड कार्निभल’ भोलीदेखि सुरू हुने भएको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा ग्राण्ड कानिर्भल सुरू गर्ने भएको हो ।
कम्पनीले आयोजना गर्ने यस ग्राण्ड कार्निभलमा उत्कृष्ट भ्यालुएसन तथा सहज फाइनान्स सुविधामा मोटरसाइकल किन्न र एक्सचेन्ज गर्न सकिने छ ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले आयोजना गरेको यो कार्निभलमा २० भन्दा धेरै भ्यालुएशन कम्पनीहरु सहभागी रहने कम्पनीले जानकारी दिएको छ ।
ग्राहकले कुनैपनि ब्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटर ल्याएर उत्कृष्ट भ्यालुएशनमा आफ्नो पुरानो सवारी साधनसँग बजाजको नयाँ मोटरसाइकल साट्न सक्नेछन् ।
यस कार्निभलमा ग्राहकले फाइनान्स स्कीम अन्तर्गत नागरिकताकै भरमा मोटरसाइकल खरिद गर्न सक्नेछन् । बजाज ग्राण्ड कार्निभलमा कम्पनीले चलाई रहेको ‘खुसीको मिटर’ स्कीम समेत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । भोलीदेखि सुरू हुने भएको बजाज ग्राण्ड कार्निभल बैसाख २१ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया