काठमाडौं- कुमारी बैंक लिमिटेडले २ हजार ३०५ कित्ता सेयर बिक्री गर्ने भएको छ ।
बैंकले संस्थापक समूहको उक्त सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन गर्न सक्नेछन् ।
सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।
बैंकले तोकेको सो समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकको भनाई छ ।
प्रतिक्रिया