प्रि ओपन सेसनमा १.९१ अंकले बढ्यो नेप्से

मंगलबार, १६ बैशाख २०८२, ११ : ०५

काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढेको छ ।

यससँगै सूचक २६४८.९८ को विन्दुमा कायम भएको छ । 

यो सेसनमा ८१ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सेसन अवधिभर ४३ कम्पनीको ५ हजार ५ सय ३५ कित्ता सेयर कारोबार भएको हो ।

मंगलबार, १६ बैशाख २०८२, ११ : ०५

प्रतिक्रिया