गगन थापाविरुद्धको अवहेलना मुद्दा न्यायाधीश प्रधान र पाण्डेयको इजलासमा

मंगलबार, १६ बैशाख २०८२, ११ : २५

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दा कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । 

उक्त इजलासमा आज १४ वटा मुद्दाको सुनुवाइका लागि पेसी तोकिएकोमा थापाको अवहेलना मुद्दा सूचीको पहिलो नम्बरमा रहेको छ ।

आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए । 

थापाले गत बिहीबार थापाले बिहीबार ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनार नलगाएर सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए ।

मंगलबार, १६ बैशाख २०८२, ११ : २५

प्रतिक्रिया