गाडी इनारमा खस्दा भारतमा १२ जनाको मृत्यु

मंगलबार, १६ बैशाख २०८२, ११ : ३५

काठमाडौं– भारतको मध्य राज्य मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको छ ।

मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटना हुँदा पीडितहरू मन्दिरतिर जाँदै थिए । गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि चालकले नियन्त्रण गुमाएपछि नजिकैको इनारमा खसेको थियो । बाइक चालकको तत्काल निधन भयो । 

गाडीमा सवारहरूलाई बचाउन इनारमा हाम फाल्ने एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई २ लाख भारतीय रुपैयाँ (लगभग २,३४३ अमेरिकी डलर) आर्थिक क्षतिपूर्ति घोषणा गरेका छन् । एजेन्सी

मंगलबार, १६ बैशाख २०८२, ११ : ३५

प्रतिक्रिया