काठमाडौं- महानगरपालिका–१६ बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन् ।
बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले आफ्नो शरीरमा आफैं आगो लगाएकी हुन् । श्रीमानसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाएको पाइएको प्रहरीको भनाइ छ ।
उनको नयाँबजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको छ । उनको पेट, छाती र वाँया हात गरी करिब २५ प्रतिशत भाग जलेको चिकित्सकको भनाइ छ । घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरी वृत्त बालाजुले जनाएको छ ।
प्रतिक्रिया