ऋणपत्र निष्कासनका लागि एनएमबि बैंकले बोर्डमा दियो आवेदन

मंगलबार, १६ बैशाख २०८२, ११ : ४४

काठमाडौं- एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ। बैंकले एनएमबी पावर बोन्ड वान नामक ऋणपत्र निष्कासन गर्ने योजना बनाएको हो, जसको कुल मूल्य ५ अर्ब रुपैयाँ हुनेछ र यो ५० लाख कित्तामा जारी गरिनेछ।

बैंकले १ हजार अंकित दरका ऋणपत्र निष्कासनको अनुमति माग गर्दै वैशाख ११ गते आवेदन दिएको हो।

बोर्डबाट अनुमति पाएपछि, बैंकले व्यक्तिगत तवरबाट ३० लाख कित्ता र सर्वसाधारणका लागि २० लाख कित्ता ऋणपत्र जारी गर्ने योजना बनाएको छ।

ऋणपत्रको बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। यो ऋणपत्रको अवधि ७ वर्ष हुनेछ र यसको वार्षिक प्रतिफल ७ प्रतिशत रहनेछ।

मंगलबार, १६ बैशाख २०८२, ११ : ४४

प्रतिक्रिया