काठमाडौं- सर्वोच्च अदालतमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध परेको रिट आज मंगलबार पनि हेर्न नभ्याइनेमा राखिएको छ।
सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा परेको ओझाविरुद्धको रिट हेर्न नभ्याइनेमा राखिएको हो। गत वैशाख ८ गते र वैशाख १० गते पनि यो रिटलाई हेर्न नभ्याइनेमा तथा चैत ३१ गते हेर्न नमिल्नेमा राखिएको थियो।
गत चैत २० गते सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अध्यक्ष ओझाविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। सुवेदीको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै दुवै पक्षलाई छलफलमा डाकेको थियो।
बीमा प्राधिकरणको अध्यक्ष बन्न नक्कली कार्यानुभवको प्रमाणपत्र पेस गरेको भन्दै ओझाविरुद्ध नेसनल लाइफ इन्स्योरेन्स कम्पनीकी अभिकर्तासमेत रहेकी अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते रिट दायर गरेकी थिइन्।
प्रतिक्रिया