काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको अभियान टोलीले कैलारी गाउँपालिका–५, बैजपुरमा भजनी नगरपालिका र कैलारी गाउँपालिकाका द्वन्द्वपीडित तथा सहिद–बेपत्ता परिवारसँग छलफल गरेको छ।
कार्यक्रममा सहभागी पीडित परिवारहरूले आफूहरूको पीडा, अवस्था र अपेक्षाबारे अध्यक्ष प्रचण्डसामु खुलस्त राखेका छन्। अध्यक्ष प्रचण्डले द्वन्द्वकालीन मुद्दा समाधान, पीडितहरूको न्याय सुनिश्चितता र जीवनस्तर सुधार गर्न पार्टीको तर्फबाट निरन्तर पहल जारी रहने प्रतिबद्धता व्यक्त गरे।
छलफलमा स्थानीय नेताहरू, पीडित परिवारका सदस्यहरू तथा माओवादी केन्द्रका विभिन्न तहका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको छ।
प्रतिक्रिया