झापामा १५ तोला सुन चोरी

मंगलबार, १६ बैशाख २०८२, १३ : २८

काठमाडौं- झापाको  बिर्तामोड नगरपालिका ४ हिमशिखरटोलमा सोमबार साँझ लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ ।

कमला कार्कीको घरबाट करिब १५ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद चोरी भएको हो । प्रहरीका अनुसार करिब २९ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

मंगलबार, १६ बैशाख २०८२, १३ : २८

प्रतिक्रिया