संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी

मंगलबार, १६ बैशाख २०८२, १३ : ३६

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले संसद्मा अश्लील नबोलेको जिकिर गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सोमबारको प्रतिनिधिसभा बैठकमा आफूले अश्लील नबोलेको दाबी गरेका हुन् । 

उनले भने, “अश्लील बोलेको भनेर प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीको दबाब झेल्न नसक्दा त्यो मुन्छेलाई डीजी बनाउनुपर्‍यो भनेर बोलेको हुँ । मैले अश्लील बोलेको छैन ।”

यसैगरी उनले आफूले बोलेको कुरा राम्रोसँग ध्यान दिएर सुनेर मात्र समाचार सम्प्रेषण गरिदिन आग्रह गरे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध बोल्दा आफूमाथि प्रहार भइरहेको सांसद आलेको आरोप छ ।

मंगलबार, १६ बैशाख २०८२, १३ : ३६

प्रतिक्रिया