नेप्सेमा १५.०८ अंकको गिरावट, कुन कम्पनीको कति भयो कारोबार ?

मंगलबार, १६ बैशाख २०८२, १५ : २९

काठमाडौं- साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १५.०८ अंकले घटेको छ । यससँगै नेप्से सूचक २६३१.९८ को विन्दुमा कायम भएको छ । 

यसदिन ३११ कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार बराबरको सेयर कारोबार भएको छ ।

यसदिन मध्यभोटेकोसी जलविद्युत कम्पनीको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको हो । त्यसैगरी, ग्रिन डेभलपमेन्ट बैंकको ८.१४ प्रतिशत, सिन्धु विकास बैंकको ६.५७ प्रतिशत, ग्रीनलाइफ हाइड्रोपवारको ५.७१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

nepse

यसदिन सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८२ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६२ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४६ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंक र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । राधि विद्युतका लगानीकर्ताले ७.४३ प्रतिशतका दरले कमाएका छन् ।

मंगलबार, १६ बैशाख २०८२, १५ : २९

प्रतिक्रिया