चितवनमा लक्ष्मी कमर्शियलद्वारा चितवनमा ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

मंगलबार, १६ बैशाख २०८२, १५ : ४१

काठमाडौं– एसएमएल ईसुजु गाडीहरूको नेपालका लागि एकमात्र आधिकारिक वितरक लक्ष्मी कमर्शियल भेहिकल प्रालिले चितवनको भरतपुरमा पहिलो पटक ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 

आफ्नो उत्कृष्ट सेवाप्रति प्रतिबद्धता जनाउँदै तथा ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन ग्राहक भेटघाट कार्यक्रम २०२५ भव्य रूपमा सम्पन्न गरेको हो । 

unnamed (2)

जापानी प्रविधिमा आधारित तथा भारतमा उत्पादित एसएमएल ईसुजु ब्रान्डले विभिन्न प्रकारका बस तथा ट्रकहरू निर्माण गर्दै आएको छ, जसमा बिक्री, सेवा र स्पेयर पार्ट्सको सम्पूर्ण सुविधा एउटै छानामुनि उपलब्ध गराइएको छ। नेपाली भौगोलिक अवस्था र बजारको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएका यी सवारी साधनहरू विगत लामो समयदेखि लोकप्रिय तथा विश्वसनीय रहेका छन्।

कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो, जसमा २०० भन्दा बढी सहभागी उपस्थित थिए। कार्यक्रममा लक्ष्मी कमर्शियल भेहिकलका सेल्स हेड सञ्जय खड्का ले आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा र गाडीहरू प्रदान गर्दै ग्राहकको आवश्यकतालाई ध्यानमा राखी दीर्घकालीन सन्तुष्टि सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, बस इन्चार्जरामहरी थपलियाले एसएमएल ईसुजु गाडीहरूको प्रविधिगत विशेषता र विश्वसनीयताको बारेमा विस्तृत जानकारी प्रस्तुत गरे। कार्यक्रम लक्ष्मी कमर्शियल भेहिकल प्रालिको अधिकृत डिलर ब्राण्डेड अटोमोबाइल प्रालिको सहकार्यमा सम्पन्न भएको थियो।

unnamed (1)

ब्राण्डेड अटोमोबाइलका सिइओ इन्द्र प्रसाद रेग्मीले लक्ष्मी कमर्शियलसँगको सहकार्यलाई अझ बलियो बनाउँदै, बिक्रीपछिको सेवामा उत्कृष्टता प्रदान गर्ने तथा ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने प्रतिबद्धता जनाए।

एसएमएल ईसुजुले नेपाली बजारमा लाइट तथा मिडियम ट्रकहरू, हट टिपर, साथै स्कुल बस र स्टाफ बस अन्तर्गत विभिन्न क्षमताका सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ। विशेषगरी स्कुल बस सेग्मेन्टमा यस ब्रान्डले विगत लामो समयदेखि अग्रणी स्थान कायम राखेको छ।

लक्ष्मी कमर्शियल भेहिकल प्रालिले आगामी दिनहरूमा यस्तै ग्राहकमुखी कार्यक्रमहरू देशभर सञ्चालन गर्ने र ग्राहकहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै मूल्यवृद्धिमा टेवा पुर्‍याउने लक्ष्य राखेको छ।

मंगलबार, १६ बैशाख २०८२, १५ : ४१

प्रतिक्रिया