काठमाडौं- भारत जम्मुकाश्मिरको पहलगाम भएको आक्रमणको विरुद्धमा मंगलबार जनकपुरमा प्रदर्शन गरिएको छ । सहिद संजय चौधरी स्मृति प्रतिष्ठान र नेपाल–भारत खुल्ला सीमा संवाद समूहले जनकपुरमा संयुक्त रुपमा प्रदर्शन गरेका छन् ।
वैशाख ९ गते पहलगाममा भएको आतकंकारी आक्रमणमा परेर एक नेपालीसहित २८ जनाको ज्यान गएको थियो । भारतको दुःखको घडीमा नेपाल र नेपाली जनता पनि भारतको साथमा रहेको प्रतिष्ठानले जनाएको छ ।
जम्मू–कश्मीरमा सन् २०१९ को पुलवामा आक्रमणपछि यो सबैभन्दा ठूलो आक्रमण हो । त्यसबेला सीआरपीएफका ४० जवान मारिएका थिए । पहलगाममा भएको आक्रमण पाकिस्तानले गराएको भारतको दावी छ । तर भारतले त्यसलाई स्विकार गरेको छैन ।
सो आक्रमणलाई भारतले निकै गम्भीर रुपमा लिएको छ । पाकिस्तानसँग हरेक प्रकारको सम्बन्ध तोडेको छ भने पाकिस्तानले पनि भारतका धेरै कुरामा रोक लगाएको छ ।
प्रतिक्रिया