काठमाडौं– नेपालकै तीव्र गतिमा वृद्धि भइरहेको इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपाल प्रा।लि। ले आफ्नो सेवा विस्तार गर्दै १००:Mbps को उच्चगति फाइबर इन्टरनेट सेवा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
यसअघि ५० Mbps र ८० Mbps जस्ता योजनामार्फत ७०,००० भन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा दिँदै आएको वाईफाई नेपालले अब डिजिटल आवश्यकताहरूलाई मध्यनजर गर्दै डुअल ब्यान्ड राउटरसहितको १००:Mbps इन्टरनेट योजना ल्याएको हो। यो योजना विशेषगरी नेपाली घरपरिवार र साना व्यवसायहरूका लागि डिजाइन गरिएको हो।
नयाँ योजनाको शुल्क विवरण:
२४ महिनाका लागि: रु. १५,७०७
१२ महिनाका लागि: रु. ९,४६९
उल्लेखित मूल्यमा भ्याट समावेश गरिएको छ र अतिरिक्त शुल्क लाग्ने छैन। यसले ग्राहकलाई पारदर्शिता र किफायती मूल्यमा सेवा सुनिश्चित गर्छ।
वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुन विजयार भन्छन्, ‘वाईफाई नेपालको लक्ष्य सबै नेपालीलाई छिटो र भरपर्दो इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउनु हो। हामीले आज १००:Mbps सेवा सार्वजनिक गर्न सफल भएका छौं, जसबाट हामी बढ्दो डिजिटल आवश्यकता पुरा गर्नमा गर्व महसुस गर्छौं।’
कम्पनीले आफ्नो उद्देश्य अनुरूप गुणस्तरीय, भरपर्दो र ग्राहकमैत्री सेवा प्रदान गर्दै नेपाली व्यक्तिहरू र साना व्यवसायहरूलाई डिजिटल रूपले सशक्त बनाउन प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया