काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण नटुंगिँदै ‘राजनीतिक कार्यदिशा’लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ। तत्कालीन एमालेसँग नजिक अध्यक्ष केपी ओलीसहितका नेताहरु ‘जनताको बहुदलीय जनवाद (जबज)’को पक्षमा देखिएका छन् भने माओवादीबाट आएका नेताहरु ‘जनताको जनवाद’का पक्षमा देखिएका हुन्।
पार्टीका शीर्ष तहमै जनताको बहुदलीय जनवाद कि जनताको जनवाद हुने भन्नेमा मतभेद देखिएको छ। एकीकरणपछि राजनीतिक प्रतिवेदन प्रकाशन गर्न ढिलाइ भइरहेको अवस्था छ। यसले पनि मतभेद बढाउन बल पु¥याएको छ। शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एकीकरणपछि पार्टीको कार्यदिशा के हुने भन्ने राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको जनताको जनवादलाई सच्याएर जनताको बहुदलीय जनवाद राखेर जाने कि भन्ने विषयमा छलफल भएको थियो। छलफलका क्रममा जनताको बहुदलीय जनवादलाई राजनीतिक कार्यदिशा बनाउने भन्ने ओलीको प्रस्तावलाई दाहालले अस्वीकार गरेका छन्। ‘दुई अध्यक्षबीच कुराकानी भएको रहेछ, सचिवालयको बैठकमा त्यसले प्रवेश पाएन’, सचिवालयका एक सदस्यले भने।
उनका अनुसार राजनीतिक कार्यदिशा कस्तो बनाउने भन्ने बारेमा दुवै अध्यक्षलाई दबाब रहेको छ। पूर्वएमालेका नेताले जनताको जनवादबारे कुने दस्तावेज नभएकाले त्यसलाई मान्न नसकिने बताउँदै आएका छन् भने पूर्वमाओवादी नेताले नयाँ सन्दर्भमा जनताको बहुदलीय जनवादलाई मानेर जान नसकिने बताउँदै आएका छन्। पूर्वमाओवादी नेताहरु पार्टी एकताका बेला दुई पार्टीका मुख्य कार्यदिशा ‘जनताको बहुदलीय जनवाद’ र ‘एक्काईसौं शताब्दीको जनवाद’ लाई मुल्तबीमा राखेर जनताको जनवादलाई अघि सार्ने विषयमा अडिग छन्। नागरिक दैनिकमा खबर छ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।