भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल फेरि हिन्दू राज्य भएको हेर्ने आफ्नो चाहना भएको बताएका छन्। हिन्दू राज्य बन्नेतर्फ अग्रसर भए बहुसंख्यक भारतीय जनता नेपालको पक्षमा उभिने उनले बताएका हुन्। ‘हिन्दु राज्य हुँदा नेपाललाई ठूलो फाइदा छ’, नेपाली पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सय करोडभन्दा बढी हिन्दू आबादी भएको भारतका बासिन्दा पनि यही चाहन्छन्।’
हिन्दू राज्य बनाउन सके विश्वमा नेपालले आफ्नो अस्तित्व अलग्गै बनाउन सक्ने उनको भनाइ छ। ‘नेपाललाई हिन्दू राज्य बनाउँदा यसको आफ्नै छुट्टै पहिचान बन्न सक्छ,’ उनले भने, ‘बेलायतले हामीलाई सेक्युलर (धर्म निरपेक्ष) बनायो। बेलायतका प्रधानमन्त्री वा कुनै पनि पदाधिकारीले बाइबल छोएर शपथ लिन्छन्। तर त्यही सेक्युलारिज्ममा हामीलाई गीता छोएर शपथ खान दिइन्नँ।’ नेपालको सिमाना जोडिएको राज्यका मुख्यमन्त्री आदित्यनाथले हिन्दू राज्यको वकालत गर्दै आएका छन्।
भारतका बहुसंख्यक हिन्दू धर्मावलम्बी पशुपतिनाथ मन्दिर र मुक्तिनाथमाथि ठूलो आस्था राख्ने भन्दै नेपालले धार्मिक पर्यटनबाट ठूलो लाभ उठाउन सक्ने उनको भनाइ छ। ‘दक्षिण भारतका हिन्दू मुक्ति प्राप्त हुने विश्वासमा मुक्तिनाथ मन्दिर जान्छन्’, उनले भने, ‘हामीकहाँ पशुपतिनाथ मन्दिर जानैपर्ने धार्मिक मान्यता पनि छ।’ योगी आदित्यनाथको वास्तविक नाम अजय सिंह विष्ट हो। उत्तराखण्डका योगीले गढवाल युनिभर्सिटीबाट बीएससीसम्मको अध्ययन पूरा गरेका थिए। गोरखनाथ मन्दिरका महन्त अवैद्यनाथले उनलाई दीक्षा दिएर योगी बनाएका थिए। अन्नपूर्ण पाेस्टमा खबर छ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।