पेस्तोल देखाएर चार लाख लुटियो

४ बर्ष अगाडि

रुपन्देही–गैडहवा गाउँपालिका–४ का रेशमकुमारी मल्लले लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको  चार लाख आज अपराह्न ४ बजे मोटरसाइकलमा आएका दुई व्यक्तिले लुटेको प्रहरीले जनाएको छ ।

    सु१ह ३३७ नम्बरको अटो रिक्सामा लुम्बिनीबाट गैडहवातर्फ जाँदै गरेका मल्ल चढेको इरिक्सा चोकमा रोकेर पेस्तोल तेर्साएर रकम लुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । 
 
    मोटरसाइकलमा आएका दुई जना व्यक्तिले रकम लुटी फरार भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । लुटेराहरूको गोली रिक्साको टायरमा मात्रै लागेकाले मानवीय क्षति नभएको प्रवक्ता भण्डारीले बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया