देउवाका आलोचक नेताको बैठककाे यस्तो छ निष्कर्ष

४ बर्ष अगाडि

 

कांग्रेसमा सभापति शेरबहादुर देउवाविरोधी फरक–फरक समूहले साझा बैठक गरेका छन् । उनीहरूले वडादेखि प्रदेशसम्म गठन हुनुपर्ने विधानअनुसारका संरचनालाई निर्वाचनबाटै पूरा गर्नुपर्ने विषयमा अडान लिने सहमति गरे ।  नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, सुजाता कोइरालासहितको बैठकले केन्द्रीय समितिमा साझा विषय उठाउने निर्णय गरेको हो । कांग्रेस केन्द्रीय समिति बैठक २२ असारमा बस्दै छ । देउवा समूहबाहेकका शीर्ष नेताहरूले नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीको निवास सामाखुसीमा छलफल गरेका थिए । बैठकमा उदयपुरका सभापति विदुर बस्नेत र रोल्पाका सभापति अमरसिंह पुन पनि 
सहभागी थिए । 

नेता रामचन्द्र पौडेलले केही जिल्ला सभापतिहरूले छलफल गर्न चाहेपछि आफूहरू बैठक बसेको जानकारी दिए । सभापति देउवासँग समय बढाउने विशेष अवस्था नरहेको भन्दै १४औँ महाधिवेशनअन्तर्गत सदस्यता वितरणदेखि तल्लो तहका अधिवेशनमा लाग्नुपर्ने विषयमा छलफल भएको पनि उनले बताए । ‘हामी २२ असारमा बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफलमा बसेका हौँ,’ बैठकमा सहभागी अर्का एक नेताले भने, ‘पार्टीका वडादेखि प्रदेश तहसम्मका संरचनालाई पार्टी केन्द्रले हस्तक्षेप गरी आफूअनुकूलका संरचना बनाउन खोजेकोप्रति हाम्रो असन्तुष्टि हो । तदर्थ र मनोनीत समिति हामीलाई स्वीकार्य छैन ।’ नयाँ पत्रिकामा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया