एकताको काम सक्न ओली–प्रचण्ड फेरि सक्रिय

४ बर्ष अगाडि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को एकतासम्बन्धी बाँकी काम असार महिनाभित्रै टुंगो लाग्ने भएको छ । पार्टीका अध्य्क्षद्वय केपी शर्मा ओली, पुपपकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधव कुमार नेपाल  र झलनाथ खनालसहित शीर्ष नेताहरु त्यसको तयारीमा जुटेका छन् । 
नेकपाले पोलिटब्युरो कमिटी गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, विभाग गठनदेखि स्थानीय तहसम्मका कमिटीको एकता टुंगो लगाउन आन्तरिक गृहकार्यमा शीर्ष नेता जुटेका छन् । पार्टीको आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठन पनि टुंगो लाग्ने क्रममा रहेको छ ।

नेकपाको अन्तरिम विधानअनुसार तीनवटा आयोग रहने प्रस्ताव गरिएको छ । जसमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग रहने व्यवस्था छ । अहिलेसम्ममा पार्टीको सचिवालय, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला र जनसंगठनको एकता टुंगो लागि सकेको छ । ३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकीकरण भएको थियो । तर, एक वर्षभन्दा बढी समय बित्दासमेत पार्टीको एकता टुंगो लाग्न नसक्दा त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको छ ।यो खबर राजधानी दैनिकमा छापिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया