नक्कली कम्युनिस्ट सरकारले कम्युनिस्ट क्रान्ति रोक्न सक्दैन

४ बर्ष अगाडि

-पुष्करनाथ गैरै
                                                                             
 शोषण रहित न्यायपूर्ण समाजको परिकल्पना किसान र मजदूरहरूको राज्यशत्ता स्थापनाबाट मात्र पुरा हुन सक्छ । यसका लागि जनक्रान्ति आवश्यक छ भन्ने निर्क्योलमा नेपाल कम्युनिस्ट पार्टी माओवादी  पुगेर नै २०५२ सालमा पुष्पकमल दाहालको नेतृत्वमा   जनक्रान्ति भएको हो र यही जनक्रान्तिको बाटोबाटै राज्यशत्ता कब्जा गरेर मजदूर किसानहरूको सरकार बनाइ समाजवाद हुँदै साम्मेवादमा पुग्ने लक्ष्य रहेको हो तर  क्रान्तिले शिखर चुम्मन नपाउँदै १२ बुँदे शान्ति सम्झौताका नाममा नेतृत्वले अर्थात प्रचण्ड र बाबुरामले जनतालाई धोका दिए, जनक्रान्तिलाई धोका दिए, १७ हजार सहिदहरूको बलिदान माथि गद्दारी गरे । अन्तत: दक्षिणपन्थी भासमा गएर पार्टीलाई विलय गरे । भारतिय विस्तारवादबाट देशलाई मुक्त गर्ने नारा बोकेका नेताहरू आखिरमा भारतका चाटुकार बने । सोशक शामन्त पुँजिपति दलालहरूको पृष्ठपोसकभए। यसरी जनक्रान्तिलाई बीचैमा लत्याएर सोशितपीडित जनताहरूको विस्वास र भावना माथि ठूलो कुट्ठाराघात भयो । 
                         

       समाज परिवर्तनका लागि जनताको  ठूलो सपना बोकेको जनक्रान्तिलाई यसै साङ्गे गर्न जनताले चाहेका थिएनन् । त्यसैले क.विप्लपले यही जनताको चाहानालाई नेतृत्व गर्दै नेपाल कम्युनिस्ट पार्टीलाई साम्यवादी राज्यव्यवस्था स्थापनाका लागि  ठूलो जनक्रान्ति द्वारा यो तानाशाही सरकार र शामन्ति राज्यव्यवस्थालाई फालेर जनताको राज्यव्यवस्था स्थापना गरी मजदूर किसानको सत्ता कायम गराएरै छाड्ने अठोटका साथ क्रान्तिको बाटोमा पार्टीलाई होमेका छन् । यस क्रान्तिमा देशका युवाहरूलाई समेट्न र आर्थिक तथा भौतिक सहयोग जुटाउन म पार्टीको सक्रिय कार्यकर्ता भएर लागि पर्ने र यो राज्य शत्तालाई ढालेरै छोड्ने प्रणको सफत लिएको दिन देखिनै यो हत्यारा तानाशाही सरकार म लगायत हामी क्रान्तिकारी युवाहरूलाई मार्न तम्सेको छ । यो नै नीरङ्कुस्ताको चरम पराकास्टा हो । यस को म घोर विरोध गर्द छु । 
   

   नौलो नेपालको सपना बोकेका म जस्ता लाखौँ युवाहरू परिवर्तनका लागि क.विप्लपको नेतृत्व पर्ति आकर्षित हँदै गए पछि आत्तिएर नक्कली कम्युनिस्टको भारतिय दलाली गर्ने माफिया मार्का केपी ओली सरकारले जनताको सही प्रतिनिधित्व गर्ने विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माथि प्रतिवन्ध लगाएर देशका आम जनताको भावना माथि कुट्ठाराघात गरेको छ । जनताको चाहाना र अधिकार माथि कुल्चेको छ । दमन र तानाशाहीको बाटो अपनाएको छ  ।

बन्दुक तेर्साएर डर र त्रास फैलाएको छ ।जस्ले गर्दा म जस्ता लाखौँ युवाहरूलाई क.विप्लपले नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध हुन झन् प्रेरित गरेको छ । जनताको मुक्तिको बाटोमा लाग्दा हामी माथि सुट अन साइडको आदेश दिएर सैनिक समेत परिचालन गरेर सरकारले देशमा दमनको   नाङ्गो नाच प्रदशन गरकोले विप्लपको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा लागेर आफ्नो जीवन देश र जनताको मुक्तिकालागि समर्पण गरेका हजारौँ कार्यकर्ताहरूको ज्यान देशमा बसेर नजोगिने भएकाले जसरी हुन्छ ज्यान जोगाइ क्रान्तिलाई सफल बनाएर यो तानाशाही राज्यव्यवस्थालाई फालेर देशमा मज्दूर किसानको शत्ता स्थापना गर्न हामी युवाहरू जनताको समर्थन पाउन सफल हुनेछौ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया