कांग्रेसको १५औँ महाधिवेशन

कांग्रेसको १५औं महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधिको छलफल

सोमबार, १९ असोज २०८३, १३ : ४५

काठमाडौं–  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। केन्द्रीय कार्यसमितिको बैठकले बन्दसत्रमा पेस हुने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा प्रतिनिधिहरूले छलफल सुरु गरेका हुन्।

बन्दसत्रका लागि प्रतिनिधिहरूलाई हिमाल, पहाड र तराई–मधेस गरी तीन क्लस्टरमा विभाजन गरिएको छ। सुरुवातमा पहाड क्लस्टरको बन्दसत्र सञ्चालन भएको कांग्रेसले जनाएको छ। त्यसका लागि हिमाल हल, पहाड हल र तराई–मधेस हल निर्धारण गरिएको छ।

हिमाल हलमा कोशी प्रदेशका १ हजार ११७, कर्णाली प्रदेशका २९९ र गण्डकी प्रदेशका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन्। पहाड हलमा बागमती प्रदेशका १ हजार २१७ र लुम्बिनी प्रदेशका १ हजार ९ गरी २ हजार २२६ प्रतिनिधि सहभागी छन्।

त्यसैगरी तराई–मधेस हलमा मधेस प्रदेशका १ हजार २५६, सुदूरपश्चिम प्रदेशका ६५०, जनसम्पर्क समितिका २४५ तथा भ्रातृ संगठनका २२५ प्रतिनिधि सहभागी छन्।

बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्रीले पेस गरेको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव र उपसभापतिले पेस गरेको समसामयिक प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

सोमबार, १९ असोज २०८३, १३ : ४५

प्रतिक्रिया