काठमाडौं- सोल्टी होटलले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ।
होटल सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई कुल ३६.८४ प्रतिशतले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २० प्रतिशत बोनस शेयर र १६.८४ प्रतिशत नगद लाभांश छन्।
लाभांश प्रस्ताव पारित गर्न होटलले पुस २१ गते,त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौँमा ५२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे शुरु हुनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले पुस १ गतेदेखि पुस २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ।
यस अनुसार मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया