जनकपुरधाम आइपुग्यो भारतको अयोध्याबाट छुटेको रेल

मंगलबार, ०८ मंसिर २०८३, ११ : १४

काठमाडौं- भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ ।

जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थ यात्रीलाई सरकारी तथा सर्वसाधारहरूले नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेर स्वागत गरेका छन् ।

राजकीय भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीबाट सोमबार झन्डा देखाएपछि यो रेल अयोध्याबाट जनकपुरका लागि हिँडेको थियो ।

नेपाल–भारत रोटीबेटीका मूल सम्बन्ध रहेको धार्मिक स्थल जोड्ने उद्देश्यका साथ जनकपुरधाम-अयोध्या रेलसेवा सुरु गरिएको हो ।

उक्त रेल दिउँसो १ बजेसम्म फर्किने समय तालिका रहेको छ ।

मंगलबार, ०८ मंसिर २०८३, ११ : १४

प्रतिक्रिया